ppnsp.cc@gmail.com     
Need Help? Call Me 9841979734


Welcome

बीबीसी नेपाली सेवामा कार्यरत । करिव दुई दशकदेखि पत्रकारितासँगै सामाजिक सेवामा पनि उत्तिकै सक्रिय । पत्रकारिता मार्फत समाज सेवामा सक्रिय अडियो, भिडियो र प्रिन्ट तीनवटै संचारका माध्यममा काम गरेको अनुभव । २०५९ सालबाट जनमञ्च साप्ताहिक पत्रिकादेखि पत्रकारिताको यात्रा सुरु । यस अवधिमा नेपाल समाचारपत्र दैनिक, रेडियो भेरी, उज्यालो नेटवर्क (कायाकैरन), एभिज्यूज टेलिभिजन, हिमालयन टेलिभिजनजस्ता नेपालका प्रतिष्ठित संचार माध्यममा काम गरेको अनुभव । संचार माध्यमसँग सम्वन्धीत विभिन्न पुरस्कार र सम्मानहरु पनि प्राप्त । द्वन्द्व तथा शान्ति अध्ययन विषयमा स्नातकोत्तर । गाउँकै विद्यालयबाट एसएलसी उतिर्ण । सदरमुकाम खल‌गाको विधालयबाट १२ कक्षा पास । त्रिभूवन विश्वविद्यालयबाट स्नातक र मध्यपश्चिम विश्वविद्यालयबाट स्नातकोत्तर । स्थायी घर जाजरकोटको नलगाड । अहिले सुर्खेतको बीरेन्द्रनगरमा बसेर पत्रकारितासँगै समाजसेवा गरिरहेको । पहल र सक्रियतामा जाजरकोटका विभिन्न गाउँमा दर्जनै निशुल्क स्वास्थ्य शिविर गरिएको । शिविरहरुमा दशैँहजार मानिसहरुले सेवा लिएका । शिविरमा पहिचान भएर थप उपचार गर्नु पर्ने दर्जनै विरामीकै पहिलमा पुर्नजीवन पनि पाएका । स्वास्थ्य सेवावाहेक अरु क्षेत्रमा समेत गाउँबासीलाई सक्दो सहयोग र साथ दिदै आएको । आफ्नो गाउँ ठाउँको विकास र प्रगतिको लागि पनि त्यतिकै सक्रिय । समस्यामा परेका विरामीदेखि विद्यार्थी र अन्य सर्वसाधारणलाई सहयोग गदैँ आएको ।

View More >>>

BBC-Stories



Photos



Videos

किसान भन्छन्, 'ऋण तिरिदिने डाक्टरलाई बाँचुन्जेल दूध खुवाउँछु'
संकट र सेवा
यार्सागुम्बा टिप्न नपाएर निराश भएकाहरू
भूकम्पबाट अति प्रभावित जाजरकोटमा सामूहिक दाहसंस्कार
‘भूकम्पले घर लग्यो, चिसोले आमा’
‘मरे पनि मरूँला भनी बाध्यता भएर भूकम्पले चर्किएकै घरमा सुत्या हुँ’
ज्याला पाएको भए साँच्चिकै बाघ जस्तै बनाइदिन्थेँ’
Successful Story Dev Rana HVAP Nepal